२४ जेठ २०८३, आइतबार

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा के के छन् सुविधा ?

साउन १, २०८२
काठमाडौं
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा के के छन् सुविधा ?

एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत् बैंकले लिलाम बिक्री गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण किसिमका सूचनाको बारेमा विस्तृत जानकारी समेटिएको छ । 

यसका लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । 

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशित गरिने बैंकले जनाएको छ । 

ग्राहकले अनलाइन पोर्टलको लिंकबाटै विस्तृत विवरणको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्