०१ असार २०८३, सोमबार

ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

साउन १, २०८२
चितवन
ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा आज भएको सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो । 
    
खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्याक्टरले साइकलमा सवार पन्तको ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डीएसपी) रञ्जन अवाले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा घाइते पन्तको रत्ननगरस्थित बकुलहर अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । पन्तको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्