०४ असार २०८३, बिहीबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

साउन २, २०८२
मोरङ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

मोरङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका- ७ नयाँवस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठ छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालकृष्णले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्