२३ जेठ २०८३, शनिबार
एकता घोषणा सभा

माधव नेपालसँग अंगालोमा बेरिएर नेकपा एस प्रवेश गरे वामदेव– काम चाहियो, पद चाहिएन

साउन २, २०८२
काठमाडौं
माधव नेपालसँग अंगालोमा बेरिएर नेकपा एस प्रवेश गरे वामदेव– काम चाहियो, पद चाहिएन

वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वको नेकपा एसबीच एकता भएको छ । शुक्रबार राष्ट्रियसभागृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।

अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले गौतम र उनको अभियानका अन्य नेतालाई खादा र माला लगाएर स्वागत गरे । गौतमलाई अंगालो हालेर नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

null

नेकपा एमालेमा प्रवेशको लागि पहल गरे पनि सो दलले भाउ नदिएपछि गौतम नेकपा एसमा प्रवेश गरेका हुन् । उनले पार्टीमा नेपाल र खनाल पछिको वरीयता पाउने सहमति भएको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा गौतमले शक्ति आर्जन गरेर नेकपा एसमा प्रवेश गरेको बताए । ‘मैले आजसम्म आँटेका काममा असफलता हासिल गरेको छैन । काम गर्ने जिम्मा चाहियो पद चाहिएन, मैले रात-दिन काम गर्छु । त्यो सीप क्षमता प्रदान गरेर बिदा हुने हो,’ गौतमले भने, ‘तपाईंहरू कसैको जिम्मेवारी खोस्दिनँ आएको होइन ।’

गौतमले आफू नेकपा एसमा प्रवेश गरेसँगै कम्युनिस्ट आन्दोलनले गति पाउने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्