०९ असार २०८३, मंगलबार

श्रम स्वीकृति दुई मिनेट भित्रै प्रदान गरिरहेका छौं : महानिर्देशक भट्टराई

साउन २, २०८२
काठमाडौं
श्रम स्वीकृति दुई मिनेट भित्रै प्रदान गरिरहेका छौं : महानिर्देशक भट्टराई

वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले श्रम स्वीकृति दुई मिनेटभन्दा कम समयमा प्रदान गरिरहेको बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगतिको समीक्षा गर्दै महानिर्देशक भट्टराईले श्रम स्वीकृतिका लागि दुई मिनेट पनि नलाग्ने बताएका हुन् ।

'एउटा श्रम स्वीकृति लिन दुई मिनेट पनि लाग्दैन । विभागबाट प्रदान गर्ने सेवालाई डिजिटल गर्ने काम गरिएको छ,' उनले भने, 'हाम्रा ऐनमा पनि शंसोधन गर्नुपर्ने विषय छन् ।'

पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपतिरको आकर्ष भएको जस्तो देखिएको समेत उनले बताए ।

यसका साथै वैदेशिक रोजगारमा ठगिने मुद्दाहरू प्रहरीले नै हेर्दा वैदेशिक रोजगारसम्बन्धी मुद्दाहरू समयमै फर्छ्यौट हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्