२१ असार २०८३, आइतबार

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

साउन २, २०८२
सुनसरी
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ख ०२४० नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्