१७ असार २०८३, बुधबार

हुम्लामा ट्याक्टर दुर्घटना : १५ घाइते, १ जनाको अवस्था गम्भीर

साउन २, २०८२
हुम्ला
हुम्लामा ट्याक्टर दुर्घटना : १५ घाइते, १ जनाको अवस्था गम्भीर

हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।

सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।​ 

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरूको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्