२९ असार २०८३, सोमबार

संघीयता कार्यान्वयनमा गम्भीर समीक्षा आवश्यक : महामन्त्री थापा

साउन २, २०८२
काठमाडौं
संघीयता कार्यान्वयनमा गम्भीर समीक्षा आवश्यक : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले संघीयता कार्यान्वयनका उपलब्धि र कमजोरीबारे समीक्षा आवश्यक रहेको बताए।

उनले संघीय सरकारले प्रभावकारी काम नगरेको र प्रदेश सरकारहरू संघको प्रतिलिपि जस्तै देखिएको बताए।

“प्रदेश सरकारले नयाँ र सृजनात्मक कार्यमा जोड दिनुपर्छ,” उनले भने, “संघ र प्रदेशका संसदलाई अहिलेको भन्दा बढी समावेशी बनाउनुपर्छ, निर्वाचन प्रणाली सुधार गर्नुपर्छ।”

थापाले यस विषयमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताए। उनले आदिवासी जनजाति महासंघको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

कमेन्ट गर्नुहोस्