१५ असार २०८३, सोमबार

चन्द्रनिगाहपुर राजमार्गमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साउन ३, २०८२
रौतहट
चन्द्रनिगाहपुर राजमार्गमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहटको चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउने मोटरसाइकल चालक हुन् । 

गरुडाबाट चपुरतर्फ आउँदै गरेको बिआर३०यु ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रनाउ कार्कीले बताए ।

मोटरसाइकलको पछाडि सवार गरुडा–८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ ।  

उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप भ्यानका चालक फरार छन् ।

salt training

कमेन्ट गर्नुहोस्