
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तार छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुन्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जानकारी दिए ।