
काठमाडौं, २३ मंसिर - गोरखामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अग्रता कायम गरेका छन् । हालसम्म ५२ हजार ५ सय ६५ मत गनिसक्दा बाबुराम भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एकिकृत माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् । अब गोरखामा ७ हजार पाँच सय ४४ मत गन्न बाँकी रहेको छ ।