२१ असार २०८३, आइतबार

सशस्त्र प्रहरीको सक्रियतामा ६ करोडभन्दा बढी मूल्यका सामान बरामद

साउन ३, २०८२
धरान
सशस्त्र प्रहरीको सक्रियतामा ६ करोडभन्दा बढी मूल्यका सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु छ करोड ९० लाख ३९२ बराबर  भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ ।

गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्री सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए । 

सोही अवधिमा रु १८ लाख ७५ हजार एक सय ३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

भन्सार छली तथा अवैध ओसारपसारमा सङ्लग्न ६४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाइएको गण प्रमुख थापाले बताए । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजङग थापाले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्