१० साउन २०८३, आइतबार

पर्वतको लाङ्दीमा पहिरोले घर पुर्‍यो, वृद्ध दम्पती बेपत्ता

साउन ४, २०८२
पर्वत
पर्वतको लाङ्दीमा पहिरोले घर पुर्‍यो,  वृद्ध दम्पती बेपत्ता
फाइल तस्वीर ।

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । 

एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन् । उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएकी मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए । 

उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए ।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।-लक्ष्मीप्रसाद सापकोटा/रासस  

salt training

कमेन्ट गर्नुहोस्