
बुटवल-नारायणगढ सडक खण्डमा कुनै अवरोध नभएको आयोजनाले जनाएको छ ।
निर्माणाधीन ११४ किलोमिटर सडक खण्डको दाउन्नेमा यात्रुले सास्ती खेप्दै आएका छन् ।
तर, आइतबार उक्त खण्डमा कुनै अवरोध नभई निर्वाध रूपमा गाडी सञ्चालन भएको बुटवल-नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।