०६ असार २०८३, शनिबार

ललितपुर महानगरका पूर्व मेयर बज्राचार्यको निधन, आइतबार पालिकामा सार्वजनिक बिदा

साउन ४, २०८२
ललितपुर
ललितपुर महानगरका पूर्व मेयर बज्राचार्यको निधन, आइतबार पालिकामा सार्वजनिक बिदा

तत्कालीन ललितपुर उपमहानगरपालिका (हाल महानगरपालिका)का पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । 

उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्राचार्य २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । 

२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएका उनी २०३२ सालमा ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए ।  बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।

विभिन्न कालखण्डमा ललितपुरको नगर प्रमुखको जिम्मेवारीमा रहेर उनले नगरको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको महानगरपालिकाले जनाएको छ । उनको निधनमा महानगरपालिकाले आइतबार महानगरभित्र सार्वजनिक बिदा दिएको छ । 

‘ललितपुर महानगरपालिकाको विकासको लागि उहाँले गर्नु भएको काम र निर्णय ज्यूँदो इतिहास भएर हामी सामु रहेको छ । महानगर गौरव पुरस्कारबाट समेत सम्मानित हुनु भएका उहाँले दिनु भएको सल्लाह, सुझाव हाम्रो लागि महत्त्वपूर्ण सम्पत्ति हुन्’, महानगर प्रमुख चिरीबाबु महर्जनले भनेका छन्, ‘ती सल्लाह, सुझावलाई शिरोधार्य गर्दछौं । भौतिक पूर्वाधार निर्माण सँगसँगै सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउनु हुने उहाँ हाम्रो स्मरणमा सदासर्वदा रहनु हुनेछ । उहाँको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु ।’

nullnull

salt training

कमेन्ट गर्नुहोस्