०३ असार २०८३, बुधबार

मोहन वैद्यको निवासमा प्रचण्ड

साउन ४, २०८२
काठमाडौं
मोहन वैद्यको निवासमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न पुगेका छन् ।

प्रचण्ड आइतबार वैद्यको निवास टोखा पुगेर भेटघाट गरेका उनको सचिवालयले जनाएको छ । 

वैद्य लामो समयको उपचारपछि केही दिन पहिले डिस्चार्ज भएका थिए । 

उनको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएकोप्रति प्रचण्डले खुशी व्यक्त गरे । साथै, वैद्यको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

माओवादी युद्धकालमा यी दुई नेता एउटै मोर्चामा थिए । पार्टी शान्ति प्रक्रियामा आएको केही समयपछि वैद्य प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्गिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्