
काठमाडौं २३ मंसिर– काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् ।
वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदावर झक्कु सुवेदीलाई पराजीत गर्दै रक्षामन्त्री समेत रहेका प्रधान विजयी भएका हुन् ।
प्रधानले १६ हजार ४ सय मत पाउँदा सुवेदीले १५ हजार ६ सय मत पाए । यसअघि २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाइ पराजित गरेर झक्कु चर्चामा आएका थिए ।