
राजविराज २३ मंसिर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी बामपन्थी गठबन्धनका माओवादी केन्द्रका उमेश यादवलाई पराजीतगर्दै उपेन्द्र विजयी भएका हुन् ।
उपेन्द्रले २१ हजार ६ सय २० भोट पाउँदा माओवादीका उमेशले ११ हजार ५ सय ८० मत पाए । नेपाली कांग्रेसका सकलदेव सुतियार तेस्रो भए ।
उपेन्द्रले २०६४ र २०७० सालको संविधानसभा चुनावमा सुनसरी र मोरङबाट चुनाव जितेका थिए ।