२४ जेठ २०८३, आइतबार
ओली-भण्डारी च्यासल वर्ता

छलफलपछि ओली र भण्डारी दुवै प्रसन्न मुद्रामा, भर्‍याङबाट सँगै ओर्लिए

साउन ४, २०८२
काठमाडौं
छलफलपछि ओली र भण्डारी दुवै प्रसन्न मुद्रामा, भर्‍याङबाट सँगै ओर्लिए

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच डेढ घण्टा कुराकानी भएको छ । 

भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि आइतबार पहिलोपटक ओलीसँग छलफल गरेकी हुन् ।

ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको हो । कुराकानीपछि ओलीको सचिवालयले दुवै नेता प्रसन्न मुद्रामा निस्किएको तस्वीर सार्वजनिक गरेको छ ।

छलफलपछि भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टी राजनीतिबारे कुराकानी भएको जानकारी दिइन् ।

भेटवार्तापछि दुवै नेता च्यासलस्थित कार्यालयको भर्‍याङबाट सँगै ओर्लिएका थिए ।

null

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह ओलीसँग डेढ घण्टा छलफलपछि उनले सञ्चारकर्मीहरूसँग राष्ट्रिय राजनीतिबारे कुरा भएको बताइन् ।

सञ्चारकर्मीसँग भण्डारीले सदस्यताको विषय पुरानो भइसकेको बताइन् । ‘पार्टी सदस्यताको विषय पुरानो हो,’ भण्डारीले भनिन्, ‘नवीकरण पनि भइसक्यो । तर आज यसबारेमा कुराकानी भएन ।’

salt training

कमेन्ट गर्नुहोस्