०२ असार २०८३, मंगलबार

मध्यराति खानेपानी मन्त्रीको छड्के अनुगमन

साउन ५, २०८२
काठमाडौं
मध्यराति खानेपानी मन्त्रीको छड्के अनुगमन

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामको छड्ने अनुगमन गरेका छन् । 

मन्त्री यादवले गएराति प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन्। 

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । 

बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि/२८० मिमि (एचडीइपी)को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडीडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बए । 

उनले भने, 'मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।'

पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेष्ट)को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेष्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डीएमए एच–२’, ‘आई– ३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पानी वितरणपश्चात उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्