
कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय विश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप लिएको थियो ।
आगलागीबाट सप्लायर्सका चार वटासहित आठ वटा सटरमा क्षति छ ।
राति ११ बजेतिर बिजुलीको तार सर्ट भएर लागेको आगो मध्यराति १२ बजे नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट ठूलो क्षति भएको अनुमान गरिए पनि यकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।