३० जेठ २०८३, शनिबार

गोर्खे साइँलोसहित साहित्यकार र कलाकार माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

साउन ५, २०८२
काठमाडौं
गोर्खे साइँलोसहित साहित्यकार र कलाकार माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विभिन्न व्यक्तिहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई स्वागत गरेका हुन् । 

प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो), चलचित्र कलाकार केशर विसी, भीमबहादुर मगर, तथा एमालेका पूर्वनिर्वाचित वडाध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेको माओवादी केन्द्रले जनाएको छ । 

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, 'अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन। यो परिर्वतनलाई जनताको पक्षमा काम गर्न तपाईहरूको पार्टी प्रवेशले योगदान दिने छ । केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।'

कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो)ले भने, 'म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।'

salt training

कमेन्ट गर्नुहोस्