१२ असार २०८३, शुक्रबार

बाढीपहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध, ५ एकतर्फी सञ्चालन

साउन ५, २०८२
काठमाडौं
बाढीपहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध, ५ एकतर्फी सञ्चालन

देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।

यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको शहीद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित शहीद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्