३० जेठ २०८३, शनिबार

सप्तकोशी नदीमा नुहाउन गएका बालक बेपत्ता

साउन ५, २०८२
सुनसरी
सप्तकोशी नदीमा नुहाउन गएका बालक बेपत्ता

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका तर दीपेश बेपत्ता भएका उनले बताए ।

बेपत्ता दीपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्