२८ जेठ २०८३, बिहीबार

ओली र भण्डारीबीच आइतबार ५ एजेन्डामा भएको थियो छलफल

साउन ५, २०८२
काठमाडौं
ओली र भण्डारीबीच आइतबार ५ एजेन्डामा भएको थियो छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग ५ विषयमा छलफल भएको बताएका छन् । 

केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष ओलीले गरेको बिफ्रिङबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्रले ५ विषयमा छलफल भएको जानकारी दिए । 

‘सल्लाह बमोजिम राष्ट्रिय राजनीति, एमालेमाथिको निशाना, एमाले विभाजन गर्ने तत्त्व सल्बलाएको विषय, सरकारले गरेको काम, विधान महाधिवेशनको विषयमा अध्यक्षले पूर्व राष्ट्रपतिसँग खुलेर छलफल गरेको जानकारी गराउनुभएको छ,’ गौतमले भने, ‘पार्टी सदस्यताको विषयमा विवाद गर्नुपर्ने विषय छैन । केन्द्रीय कमिटीले छलफल गरेर अन्तिम टुंगो लगाउँछ भन्नुभएको छ ।’

बैठकमा ओलीले एमालेमाथि चौतर्फी हमला र पार्टी विभाजन गर्नेसम्मको प्रयास भएको भन्दै सचेत हुन आग्रह गरेका थिए ।

पूर्व राष्ट्रपति भण्डारीको नाममा गुट खडा गर्न खोजेकोतर्फ संकेत गर्दै ओलीले पार्टी विभाजन गर्न खोज्नेसँग सचेत हुनुपर्ने बैठकमा बताए । 

salt training

कमेन्ट गर्नुहोस्