२८ असार २०८३, आइतबार

कांग्रेसको पुस्तकालय धेरैका लागि उपयोगी छ- देउवा

साउन ५, २०८२
काठमाडौं
कांग्रेसको पुस्तकालय धेरैका लागि उपयोगी छ- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालयमा राम्रो पुस्तकालय निर्माण भएको भन्दै नेताहरूको प्रशंसा गरेका छन् ।

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी संयोजकत्वको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले केन्द्रीय कार्यालय सानेपामा सोमबार गरेको कार्यक्रममा देउवाले पुस्तकालय धेरैको लागि उपयोगी भएको बताएका हुन् । पुस्तकालय बनाउन भूमिका खेलेको भन्दै देउवाले महामन्त्री गगन थापासहितका नेताको प्रशंसा गरेका थिए ।

‘केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिनुभएको छ । पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको छ,’ देउवाले भने, ‘कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन्।’

कांग्रेस केन्द्रीय कार्यालयको दोस्रो तलामा व्यवस्थित पुस्तकालयको निर्माण अघिल्लो वर्ष भएको थियो । देउवाले पहिलो तलामै पुस्तकालय बनाएको भए अझै उपयोगी हुने बताएका थिए ।

विभागले पुस्तकालय निर्माणका क्रममा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।

कार्यक्रममा महामन्त्री थापाले पार्टीमा थप बहस, छलफल र पठन संस्कृतिको आवश्यकता भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्