१४ असार २०८३, आइतबार

गोरखामा बाबुरामको ह्याट्रिक, हराऔ भन्ने बुद्धिजीवीले माफी माग्लान ?

मंसिर २३, २०७४
गोरखामा बाबुरामको ह्याट्रिक, हराऔ भन्ने बुद्धिजीवीले माफी माग्लान ?

काठमाडौं २३ मंसिर– २ मंसिरमा गोरखा पालुङटारको सभामा बाबुराम भट्टराईले सम्वोधन गर्नैलाग्ला काठमाडौंमा एकथरी बुद्धिजीवीले विज्ञप्ति निकाले गोरखामा– बाबुरामलाई हराऔ भनेर । आमसभालाई सम्वोधन गर्नै लाग्दा सहयोगीले मञ्चमा बसेका बाबुरामलाई बुद्धिजिवीहरुले विज्ञप्ती निकालेको सूचना सुनाउँदा बाबुराम झस्किए । 

बाबुरामले मञ्चबाट बुद्धिजीवीलाई गोरखाली जनताको अपमान नगर्न चुनौती दिए । त्यो भन्दा बढी बुद्धिजीबीविरुद्ध सामाजिक सञ्जालमा विरोध भयो । आखिर गोरखामा बाबुरामले चुनाव जिते । 

प्रतिद्वन्दी माओवादी केन्द्रका प्रभावशाली नेता नाराणकाजी श्रेष्ठलाई ६ हजार ७ सय ७४ मतअन्तरले पराजीतगर्दै भट्टराई विजयी भए । भट्टराईले ३१ हजार  ८ सय ७ मत पाउँदा श्रेष्ठले २४ हजार ९ सय ३३ भोट पाए ।

नेपाली कांग्रेसको समर्थनमा बाबुरामले गोरखामा लगातार तीन पटक चुनाव जितेर ‘ह्याट्रिक’ नै गरे । २०६४ सालको संविधानसभा चुनावमा गोरखा १ बाट भारी मतअन्तरले चुनाव जितेका बाबुरामले २०७० सालमा गोरखा २ बाट चुनाव जितेका थिए । 

संविधान जारी भएलगत्तै २०७२ असोज ६ गते सांसद सदस्यबाट राजीनामा गरेपछि गोरखामा उनको बिरोध भएको थियो । असोज १८ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वामपन्थी गठबन्धनमा सहभागि भएपनि बाबुराम धेरैदिन त्यहाँ अटेनन् । 

वामपन्थी गठबन्धन गोरखा २ छाड्न तयार नभएपछि वामपन्थी गठबन्धन त्यागेका बाबुराम कांग्रेससँग सहकार्य गरेर चुनावमा होमिएका थिए । बामपन्थी मतदाता धेरै रहेपनि व्यक्तिगत लोकप्रियताका कारण बाबुरामले चुनाव जिते । तर बिहीवार सम्मपनि बाबुराम चुनाव जित्नेमा ढुक्क थिएनन् । 

मतगणना शुरु भएको केही बेरमा सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेर आफू खराव नतिजाका लागि पनि तयार रहेको बताएका थिए । 

चुनाव जितेपनि यसपटक उनको मतअन्तर घटेको छ । प्रत्यक्ष तर्फ एकसिट जितेपनि राष्ट्रिय दल बन्नका लागि नयाँ शक्तिले समानुपातिक प्रणालीतर्फ तीन सिट जित्नु अनिवार्य हुनेछ । 

समानुपातिक तर्फबाट तीन प्रतिसतको थ्रेसहोल्ड कटाउन नसकेपनि प्रतिनिधि सभामा बौद्धिक बहस गर्न बाबुराम पुग्ने निश्चित भएको छ । उनी सहित बैंकल्पिक राजनीतिक धारको वकालत गर्ने नयाँ शक्तिका बिउ प्रदेश नम्बर ३ र प्रदेश नम्बर ४ को प्रदेश सभामा पुग्ने निश्चित भएको छ । रसुवामा प्रेम तामाङ र गोरखाबाट हरिशण आचार्य प्रदेश सभामा पुग्ने पक्का भएको छ । 

बाबुरामको विजयसंगै उनलाई चुनावमा हराऔ भनेर विज्ञप्ति निकाल्ने बुद्धिजीवीलार्य भने धर्मसंकट भएको छ । चुनावपछि लोकान्तरसँग प्रतिक्रिया दिदै बाबुरामले गोरखाली जनताको अपार माया र विश्वासले चुनाव जितेको प्रतिक्रिया दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्