
नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले बढेको छ ।
साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ८०.९७ अङ्कले बढेर २ हजार ९७३.७० को विन्दुमा कायम भएको हो ।
आज बजारमा ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयरको खरिदबिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको थियो । यस दिन १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियो ।
आजको कारोबारमा सबैभन्दा बढी ट्रेड टावरका लगानीकर्ताहरूले नाफा कमाएका छन् ।
सबैभन्दा बढी एलबीबीएल डेभेन्चरका लगानीकर्ताहरूले घाटा बेहोरेका छन् ।
कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
मङ्गलवार बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ बढी रहेको छ ।