
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो ।
डिभिजन वन कार्यालय, कैलालीले वन कर्मचारी, सुरक्षा निकाय र स्थानीय उपभोक्ताको सहयोगमा अतिक्रमित वन क्षेत्र आज खाली गराएको छ । उक्त क्षेत्रमा आजै विभिन्न प्रजातिका छ हजार बिरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए ।