२० असार २०८३, शनिबार

छोरी भेट्न गएका प्रजा शक्तिखोर जंगलमा मृत भेटिए

साउन ७, २०८२
चितवन
छोरी भेट्न गएका प्रजा शक्तिखोर जंगलमा मृत भेटिए

चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए । 

प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्