१७ असार २०८३, बुधबार

एउटै वस्तु एक खर्बभन्दा बढीको निर्यात

साउन ७, २०८२
काठमाडौं
एउटै वस्तु एक खर्बभन्दा बढीको निर्यात

 गत आर्थिक वर्षमा नेपालले एउटै वस्तु एक खर्ब रुपियाँभन्दा बढीको निर्यात गरेको छ जुन् अहिलेसम्मकै उच्च हो । सोही वस्तुको निर्यातमा आएको उछालले नेपालबाट हुने कुल वस्तु निर्यात पनि अहिलेसम्मकै सबैभन्दा धेरै हुन पुगेको छ । 

नेपालको निर्यातलाई उचाइमा पुर्‍याउने त्यो वस्तु हो, भटमास तेल । भन्सार विभागका अनुसार नेपालले गत आवमा एक खर्ब छ अर्ब ८० करोड रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । कुल निर्यातमा भटमास तेलको हिस्सा ३८.५४ प्रतिशत छ । गत आवमा नेपालले दुई खर्ब ७७ अर्ब बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्