०६ साउन २०८३, बुधबार

रोमाञ्चक खेलमा इटालीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको फाइनलमा

साउन ७, २०८२
काठमाडौं
रोमाञ्चक खेलमा इटालीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको फाइनलमा

साविक विजेता इङ्ल्यान्ड महिला युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । स्विट्जरल्यान्डमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

इङ्ल्यान्डले अब उपाधिका लागि जर्मनी वा स्पेनसँग भिडन्त गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल जर्मनी र स्पेनबीच खेलिने छ । अघिल्लो संस्करणको फाइनलमा पनि इङ्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि चुमेको थियो ।

पहिलो सेमिफाइनल खेलमा शुरूआती अग्रता लिएर पनि इटालीले त्यसलाई जोगाउन सकेन । खेल शुरू भएको ३३औँ मिनेटमा इटालीका लागि बार्बरा बोनान्सियाले गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा इटाली १–० ले अगाडि रह्यो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको इन्जुरी समयमा मिशेल अगएमाङले इङ्ल्यान्डका लागि जवाफी गोल गरेकी थिइन् । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ११९औँ मिनेटमा इङ्ल्यान्डका लागि म्यागी केलीले निर्णायक गोल गरेकी थिइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्