२० असार २०८३, शनिबार

‘मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ’

साउन ७, २०८२
काठमाडौं
‘मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ’

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक सवालमा राष्ट्रिय मानव अधिकार आयोग संवेदनशील हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले पछिल्लो समय देशका विभिन्न भागमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्ने बताए । 

समाजमा अझै विकृति, विसङ्गति, विभेद कायम रहेकाले मानव अधिकारको सवाल चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले विभिन्न समस्याका बाबजुद आयोगले मानव अधिकारको सवालमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । 
    
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन बुझाए । संविधानको धारा २९४ को उपधारा (३) मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुखसमक्ष आव २०८१/८२ को प्रतिवेदन बुझाएको प्रमुख भट्टले बताए ।  

प्रमुख भट्टका अनुसार आयोगको बागमती प्रदेश कार्यालयमा आव २०८१/८२ मा मानव अधिकार हननका २२ वटा उजुरी दर्ता भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्