१० साउन २०८३, आइतबार

स्पेन पहिलोपटक युरो कपको फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

साउन ८, २०८२
काठमाडौं
स्पेन पहिलोपटक युरो कपको फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

जर्मनीलाई हराउँदै विश्व विजेता स्पेन पहिलोपटक महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति ज्युरिचमा भएको खेलमा दुई पटकको बालोन डीओर विजेता आइताना बोनमतीले खेलको ११३औँ मिनेटमा गरेको गोल नै जर्मनीलाई हराउन  निर्णायक बन्यो। 

युरोको कीर्तिमानी आठ पटकको च्याम्पियन जर्मनी स्पेनसँग पहिलोपटक पराजित भएको हो ।  निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

विश्वकप र नेसन्स लिग जितिसकेको स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोको इतिहासमा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि नजिक पुगेको हो । 

स्पेनले उपाधिका लागि आइतबार राति साबिक विजेता इङ्ल्यान्डसँग भिड्नेछ। मंगलबार इटालीलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्