
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।