
डडेल्धुरा, २४ मंसिर – प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउता डडेल्धुराबाट विजयी भएका छन् ।
आइतवार बिहानसम्म भएको मतगणनाको अन्तिम नतिजामा प्रम देउवाले २८ हजार ४४ मत प्राप्त गरे । साथै उनका निकटतम प्रतिद्वन्द्वी वाम एकताबाट उम्मेदवारी दिएका माओवादीका खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरे ।