१३ असार २०८३, शनिबार

विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी

साउन १२, २०८२
जुम्ला
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी

जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना सदस्य बिरामी भएका छन्।

आइतबार दिउँसो करिब ३ बजे च्याउ सेवन गरेपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लगायतका लक्षण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट छन्। उनीहरू सबै लेखकमान महतराको परिवारका सदस्य हुन्। हाल सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्