०३ असार २०८३, बुधबार

भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान

साउन १२, २०८२
भोजपुर
भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान
फाइल तस्वीर

भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । 

नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए । 

हालसम्म यहाँका किसानका ११ वटा गाईभैँसीमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको उनको भनाइ छ । 

यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाईभैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ । 

कृतिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ । कृतिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पुर्‍याउने विज्ञ केन्द्रले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्