१० साउन २०८३, आइतबार

चनौलीको समस्या आजै समाधान गर्नेगरी काम गर्दै प्राधिकरण, फिल्डमै पुगे हितेन्द्रदेव

साउन १२, २०८२
काठमाडौं
चनौलीको समस्या आजै समाधान गर्नेगरी काम गर्दै प्राधिकरण, फिल्डमै पुगे हितेन्द्रदेव

​​चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहानै चितवन पुगेका छन् । 

सकेसम्म आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका हुन् । चितवनबाट प्राधिकरणले लोडसेडिङ शुरू गर्‍यो भन्ने हल्ला चलिरहेका बेला शाक्य आफैं त्यहाँको समस्या बुझ्न, तत्काल समाधान गर्न र आफ्ना कर्मचारीलाई छिटो काम सम्पन्न गर्न प्रोत्साहनका लागि फिल्डमै पुगेका हुन् ।

‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ सोमबार बिहान चितवन पुगेका शाक्यले भने, ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु ।’

null

उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्यालाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए । ‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरूसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु,’ उहाँले भने, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौं । भोलिबाट नियमित विद्युत् आपूर्तिको अवस्थामा पुग्छौं ।’

निरन्तरको वर्षाको समेत पर्वाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभरि पनि खटिरहेको भन्दै उनले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए । ‘प्राविधिक साथीहरू रातभरि पनि काममा खटिइरहनु भएको छ । चनौली, हर्दीलगायतका ठाउँमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौं,’ उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’

उनले मधेश प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि भइरहेको कामबारे जानकारी दिनेछन् ।

साथै विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा पनि उनले जानकारी लिनेछन् ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्