०२ असार २०८३, मंगलबार

लुम्बिनीका नवनियुक्त मन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

साउन १२, २०८२
बुटवल
लुम्बिनीका नवनियुक्त मन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका मन्त्री पाण्डेयले सोमबार प्रदेश पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख  कृष्णबहादुर घर्तीमगरले बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता पाण्डेय यस अघि तीनपटक मन्त्री बनिसकेका व्यक्ति हुन् । 

मुख्यमन्त्रीसहित हाल ११ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्‌मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए ।

वर्तमान मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ र अब लोसपाबाट १ गरी १२ सदस्यीय बनेको छ ।

यस अघि गृहमन्त्री रहेका पाण्डेय खेलकुदमन्त्री बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

लोसपाका प्रदेशसभामा ३ जना सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्