
सुर्खेत क्षेत्र नम्बर एकमा कांग्रेस नेता पूर्णबहादु खड्का पराजित भएका छन् । यसअघिका निर्वाचनहरुमा अपराजित रहँदै आएका पूर्णबहादुर खड्कालाई वाम गठवन्धका उम्मेदवारले पराजित गरेका हुन् ।
वाम गठवन्धनका लागि एमाले उम्मेदवार ध्रुव शाहीले खड्कालाई पराजित गरेका हुन् ।
गठवन्धनका उम्मेदवार शाहीले ३६ हजार ८५९ मत ल्याउँदा कांग्रेस उम्मेदवार खड्काले ३३ हजार ३ सय ७७ मत पाए ।