०८ असार २०८३, सोमबार

जसपा संसदीय दलको कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

साउन १२, २०८२
काठमाडौं
जसपा संसदीय दलको कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

संघीय लोकतान्त्रिक मोर्चाको बैठक शुरू भएको छ । बैठक जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । 

बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् । मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । 

सोमबारको बैठक जसपा नेपालको आह्वानमा बसेको हो । बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टी भने सहभागी छैन । 

गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी सहभागी थिए । 

यसमध्ये जनमत असन्तुष्ट बन्दै बैठकमा सहभागी नभएको हो । खासगरी आउँदो कार्तिकमा रुपन्देही-३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नाउपालाई सघाउने निर्णय भएपछि जनमत असन्तुष्ट बनेको नेताहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्