१३ असार २०८३, शनिबार

भेरी नदीमा पानीको सतह बढ्यो, तटी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

साउन १३, २०८२
सुर्खेत
भेरी नदीमा पानीको सतह बढ्यो, तटी क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

भेरी नदीमा पानीको सतह बढेको छ । नदीमा जलसहत बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले किनारका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ । 

भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन  भनेको हो । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, 'जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।'

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्