०९ असार २०८३, मंगलबार

लोडसेडिङ होइन,  विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ : ऊर्जामन्त्री खड्का

साउन १३, २०८२
कैलाली
लोडसेडिङ होइन,  विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’को अवस्था नरहेको स्पष्ट पारेका छन् ।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले  विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’को अवस्था  नरहेको बताए ।

विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या रहेको उनको भनाइ छ । 

'गर्मीको समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,' उनले भने, 'वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।'
 

salt training

कमेन्ट गर्नुहोस्