२३ असार २०८३, मंगलबार

अमेरिका-ईयू व्यापार सम्झौताबाट फ्रान्स आक्रोशित

साउन १३, २०८२
काठमाडौं
अमेरिका-ईयू व्यापार सम्झौताबाट फ्रान्स आक्रोशित

फ्रान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली संघ (ईयू)का अध्यक्ष उर्सुला भोन डेर लेयनबीच आइतबार हस्ताक्षर गरिएको व्यापार सम्झौताको आलोचना गरेको छ। फ्रान्सेली प्रधानमन्त्री फ्रान्कोइस बेरोले यसलाई ईयूको लागि कालो दिनको संज्ञा दिए । 

ईयू राष्ट्रपति ट्रम्पको बढ्दो कर दबाबको अगाडि झुकेको उनले आरोप लगाए । 'स्वतन्त्र देशहरूको गठबन्धन उनीहरूको साझा मूल्य र हितको रक्षा गर्न गठन गरिएको थियो, दबाबमा झुक्नु दुःखद हो,' उनले लेखेका छन् ।

साथै, फ्रान्सका युरोपेली मामिला मन्त्री बेन्जामिन हद्दादले अवस्था ठीक नभएको भन्दै ईयूले बदला लिनुपर्ने बताए । फ्रान्सका व्यापार मन्त्री लरेन्ट सेन्ट-मार्टिनले भने, 'ट्रम्पले शक्तिको भाषा मात्र बुझ्छन् । हामीले पहिले नै प्रतिशोधात्मक कदम चाल्नुपर्थ्यो, त्यसपछि सायद सम्झौता राम्रो हुने थियो ।'

यद्यपि, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन यस विषयमा मौन छन् । इटाली-जर्मनीले व्यापार सम्झौताको स्वागत गरेका छन् । 

सम्झौताअन्तर्गत, युरोपबाट अमेरिका जाने धेरैजसो सामानहरूमा १५ प्रतिशत कर लाग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्