दाङको पछिल्लो परिणाम अनुसार वाम गठवन्धनले वर्चस्व जमाएको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर दुईमा वाम गठवन्धनका कृष्णबहादुर महारा विजयी भइसकेका छन् । क्षेत्र नम्बर एक मा मेटमणि चौधरी विजय नजिक रहँदा क्षेत्र नम्बर तीनमा वाम गठवन्धनका हिराचन्द्र केसी जित नजिक पुगेका छन् ।
प्रदेशसभा पनि वाम गठवन्धनकै नेताहरुले अग्रता लिइरहेका छन् । तर वाम गठवन्धनले दाङमा क्लिन स्विप भने गर्न नसक्ने भएको छ । दाङमा नेपाली कांग्रेसका प्रदेशसभामा जित निकालेको छ । श्रमराज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् ।
१७ हजार ३५ मत पाउँदै चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार जगप्रसाद शर्मालाई पराजित गरेका हुन् । शर्माले १४ हजार ६ सय ९८ मत पाएका छन् ।