
झन्डै २ अर्बको लगानीमा निर्माण गरिएको गोदावरी फरेस्ट होटेल दशैंअघि नै सञ्चालनमा आउने भएको छ । ललितपुरको गोदावरीमा निर्मित होटेल दशैंअघि सञ्चालनमा आउने भएको हो ।
कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ र मदन लाल जोशीको लगानीमा खुलेको गोदावरी फेरेस्टमा ८३ कोठा रहेका छन् ।
उक्त होटलमा ३ वटा मिटिङ हल, १ इन्फिनिटी पुल, २ वटा रेस्टुरेन्ट र ३०० जनाभन्दा बढी क्षमताको इभेन्ट प्यालेससमेत रहेको छ ।
होटेलको कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको जनाइएको छ ।