३० जेठ २०८३, शनिबार

भारतको हिमाचल र राजस्थानमा भारी वर्षा : ३ जनाको मृत्यु, १५ बढीको उद्धार गरियो

साउन १३, २०८२
काठमाडौं
भारतको हिमाचल र राजस्थानमा भारी वर्षा : ३ जनाको मृत्यु, १५ बढीको उद्धार गरियो

भारतका अधिकांश ठाउँमा मंगलबार भारी वर्षा भएको छ । भारी वर्षासँगैको बाढीले हिमाचल प्रदेशको मन्डीमा धेरै सवारी साधनहरू भग्नावशेषमा पुरिएका छन् । 

मानिसहरू घरहरूभित्र फसेका छन् । राजस्थानमा पनि बाढी आएको छ । 

बाढीमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भएको र १५ भन्दा बढीलाई उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

चण्डीगढ-मनाली र मन्डी-जोगिन्द्रनगर चार लेन बन्द गरिएको छ ।

मौसम विभागले मंगलबार पनि राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

प्रशासनले आज मन्डी उप-डिभिजनका विद्यालयहरूमा बिदा घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्