२१ असार २०८३, आइतबार

सुदूरपश्चिमका भौतिक पूर्वाधार र कानूनमन्त्री सवार गाडी एक-आपसमा ठोक्किए

साउन १३, २०८२
काठमाडौं
सुदूरपश्चिमका भौतिक पूर्वाधार र कानूनमन्त्री सवार गाडी एक-आपसमा ठोक्किए

​सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एक-आपसमा ठोक्किएका छन् । 

मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा जाने क्रममा दुवै मन्त्री सवार गाडी एक-आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा दुवै गाडीमा सवार मन्त्रीसहित सबैको अवस्था सामान्य रहेको जनाइएको छ। सवारीमा सामान्य क्षति पुगे पनि मानवीय क्षति भएको छैन ।

मन्त्री पाल चढेको बा २ झ १४१९ र कानूनमन्त्री सार्की चढेको से १ झ ३३० नम्बरको गाडी एक-आपसमा ठोक्किए हुन् ।

salt training

कमेन्ट गर्नुहोस्