
सिन्धुपाल्चोकको प्रदेशसभामा वाम गठवन्धन विजय उन्मुख भएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश सभा क मा अरूण नेपाल २१७१२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी विष्णु खत्रीले १४६३३ मत पाए ।
क्षेत्र नम्बर १ को ख मा वाम गठवन्धनका उम्मेदवार सरेश नेपाल २२ हजार ८ सय ३७ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १२ हजार १ सय ८७ मत पाएका थिए ।
तेस्तै सिन्धुपाल्चोक क्षेत्र नाबर २ प्रदेशसभा १ मा वाम गठवन्धनका युवराज दुलाल २० हजार ६ सय ८७ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विकास तामाङलाई १३ हजार ५ सय २१ मत मै रोकेका छन् ।